Aamsanchar

इलाम- २ को मतगणना ११ बजेदेखि हुने

Author Image
आइतवार, वैशाख १६, २०८१

इलाम । इलाम– २ मा मतगणना ११ बजेपछि मात्र हुने भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु हुने छ ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम– २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।

यस क्षेत्रका विकट पालिकाहरुवाट मतपेटिका संकलन गरी मुचुल्का गर्दा आइतबार बिहान २ बजेको थियो ।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर