Aamsanchar

वेष्ट इण्डिज ‘ए’ विरुद्दको खेलमा नेपाल १० रनले पराजित

Author Image
आइतवार, वैशाख १६, २०८१

काठमाडौं – वेष्ट इण्डिज ‘ए’ विरुद्दको खेलमा नेपाल पराजित बनेको छ।

जितका लागि पाएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका गुलशन झा २६, लोकेश बम १७,आरिफ शेख १२, आकाश चन्द ७, दिपेन्द्रसिंह ऐरी ३,सोमपाल कामी ३, कुशल भुर्तेल २, अनिल साह १ र कुशल मल्ल शून्यमा आउट भएका थिए। कप्तान रोहित पौडेल अविजित ७१ रन बनाए।

टस जितेर ब्याटिङ रोजेको वेष्ट इण्डिजले सात विकेट गुमाएर १६० रन बनाएको हो। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मैत्रिपूर्ण टी-२० को दोस्रो श्रृङ्खलामा आज दोस्रो खेल हो।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान दुई दुई विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले नै एकएक विकेट लिए। ​ यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो।आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ। आगामी आईसीसी टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ।

यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिज भने टी-२० विश्वकपको समूह ‘सी’ मा रहेको छ। यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र युगाण्डा छन्।यसअघि नेपाल र वेस्ट इन्डिजले एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल वेष्ट इण्डिजसँग १०१ रनले पराजित भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर