Aamsanchar

श्रमिकको संगठनद्वारा झापाका दुई जना व्यवसायीलाई सम्मान

Author Image
सोमवार, वैशाख २४, २०८१

सम्मान ग्रहण गर्दै उद्योगी, व्यवसायी टिकाराज ढकाल ।

काठमाडौं  । उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा कार्यरत श्रमिकहरूको छाता संगठन युनिकम नेपाल केन्द्रिय समितिले झापाका दुईजना व्यवसायीहरूलाई सम्मान गरेको छ ।
युनिकले दुई दिन अघि काठमाडौंमा आयोजना गरेको तेस्रो अधिवेशन उद्घाटन सत्रमा झापा भद्रपुरका टिकाराज ढकाल र बिर्तामोडका कुमार भट्टराईलाई सम्मान गरेको हो ।

श्रमिकका अधिकार सुनिश्चित गर्न रोजगारदाता कम्पनीसँगको समन्वय सहकार्य लागि संवाद टोली गठन गर्न सम्झौता दुई पक्षीय सम्झौता भएकोमा उक्त कार्य महत्वपूर्ण रहेको ठहर गरेर युनिकमले ढकाल र भट्टराईलाई सम्मान गरेको हो ।

सम्मान ग्रहण गर्दै व्यवसायी कुमार भट्टराई ।

दुई वर्ष अघि युनिकम र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिर्तामोड उद्योग वाणिज्य संघ बिच सम्झौता भएको थियो । सो समयमा कोशी प्रदेश अध्यक्ष टिकाराज ढकाल र बिर्तामोड अध्यक्षमा भट्टराई रहेकाले उक्त कार्यको प्रशंसा गर्दै तत्कालीन दुवैजना अध्यक्षहरूलाई सम्मान गरिएको युनिकमका केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर