Aamsanchar

झापा करेण्ट लागेर १८ महिनाको बालकको मृत्यु

Author Image
मङ्गलवार, वैशाख २५, २०८१

झापा- शिवसताक्षीमा करेण्ट लागेर १८ महिनाको बालकको मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाका छोराको मृत्यु भएको हो। सोमबार दिउँसो खेल्ने क्रममा चलिरहेको पानी तान्ने मोटर छुँदा करेण्ट लागेर गम्भीर उनी घाइते भएका थिए।

बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए।

शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर