Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन छापावाल सुन एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको छ । आज एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२