Aamsanchar

सुनको भाउ स्थिर

Author Image
बुधवार, वैशाख २६, २०८१

काठमाडौं –बुधबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनकै कारोबार मूल्यलाई बुधबार पनि यथावत राखेको हो ।

जसअनुसार आज तोलामा १ लाख ३६ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन तोलाको १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२