Aamsanchar

चालु आर्थिक वर्षको हालसम्म मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व सङ्कलन

Author Image
बुधवार, वैशाख २६, २०८१

झापा-मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व सङ्कलन गरेको छ । भन्सार अधिकृत रामप्रसाद ढुङ्गानाले चालु आव २०८०/८१ को चैत मसान्तसम्ममा ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार बराबरको समान आयात हुँदा १८ अर्ब ५९ करोड एक लाख ७२ हजार बराबरको मालसामान निर्यात भएको जानकारी दिनुभयो ।

उहाँले अघिल्लो आ.व.२०७९/८० को सोही अवधिको तुलनामा आयात आठ दशमलव ४५ प्रतिशतले श्रणात्मक हुँदा निर्यात भने १५ दशमलव ९६ प्रतिशतले बढेको बताउनुभयो । काकरभिट्टा नाकाबाट आयात हुने मुख्य वस्तुहरूमा पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, एलपी ग्यास, तरकारीहरू, जिप्सम, कपडा, फलफूल (जुस समेत)लगायत छन् ।

यस्तै, निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, फलामको पाता, प्लाइउड, चिया, कुकुर वा बिरालोको खाना, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिङ्करलगायतका रहेका भन्सार कार्यालय काकरभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर