Aamsanchar

सुनको मूल्य

Author Image
बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ – बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको केहीँ मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढ्दै १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२