झापा- १६औँ संस्करणको शहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विर्तामोड युनाइटेड क्लब झापाले जितेको छ ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार भएको फाइनलमा झापाले विभागीय टोली एपिएफ क्लबलाई ३–० गोलले हरायो । सबै गोल दोस्रो हाफमा गरेको झापाका लागि ५१औँ मिनेटमा कप्तान आषिश चापागाइले गोलको खाता खोल्नुभयो ।
६४औँ मिनेटमा आशिष गुरुङले गोल गर्दै झापाको अग्रता दोब्बर बनाउनुभयो । इन्जुरी समयमा देबेन्द्र तामाङले गोल गर्दै झापालाई सजिलै उपाधि जिताउनुभयो । लगत्यै एपिएफले पेनाल्टीको अवसर गुमाएको थियो ।
उपाधिसँगै झापाले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेता एपिएफले दुई लाख ५० हजार रुपियाँ पायो । वैशाख २३ गतेवाट सुरु भएको पतियोगीतामा आठ टोलीको सहभागीता रहेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 15