Aamsanchar

कोइली खोलाले बगाउँदा एकजनाको मृ*त्यु

Author Image
आइतवार, वैशाख ३०, २०८१

चन्द्रौटा – कपिलवस्तुको बाणगंगा नगरपालिका-७ कोइली खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। दाउरा संकलन गर्ने क्रममा वाणगङ्गा नगरपालिका कपिलधाम नजिकै शव फेला परेको छ।

सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आइतबार बिहान ७ बजेतिर दाउरा संकलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो।

लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीले बताए। लौटनको शव बगाएको ठाउँबाट २ किलोमिटरको दूरीमा शव फेला परेको रायमाझीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर