बिर्तामोड । झापाका तीन जना पत्रकारसहित ११ जना अक्षयकोष दाता सम्मानीत भएका छन् । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३६ औं जन्मजयन्तीका अवसरमा उनीहरु सम्मानीत भएका हुन् । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आइतवार (आज) उनीहरुलाई सम्मान गरेकोे छ ।
अग्रज पत्रकार, नागरिक एफएमका प्रधान सम्पादक तथा साप्ताहिक समाचारका सम्पादक गोपाल गिरी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरी र शब्दपत्र डटकमका सम्पादक तथा प्रकाशक उद्धव पुरी सम्मानीत भएका हुन् । पत्रकारत्रयले दशनामी समाजको प्रचारप्रसारमा समाचारका माध्यमबाट पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै समाजले सम्मान गरेको भनिएको छ ।
नेपाल दशनामी समाज बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक केन्द्रिय संरक्षक कृष्णकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो । सम्मानीत ब्यक्तित्वहरुलाई प्रमुख अतिथि गिरीले सम्मान गरेका थिए ।
स्वागत समाजका बिर्तामोड नगर समिति जेष्ठ सदस्य घनश्याम गिरीले गरेको कार्यक्रममा प्रमुख अतिथि कृष्णकुमार गिरी, केन्द्रिय संरक्षक भरतलाल गिरी, केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरी, केन्द्रिय सदस्य एलबी गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कोशी प्रदेश सल्लाहकार चन्द्रप्रसाद गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), पूर्व झापा अध्यक्ष खिलबहादुर गिरी (राजु), अक्षयकोषदाता नरनाथ गिरी, अर्जुनधारा नगर अध्यक्ष होमनाथ पुरी, मेचीनगर नगर अध्यक्ष भूपेन्द्र गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कोशी प्रदेश सह–सचिव उमेश भारतीले गरेका थिए । सोही कार्याक्रमकाबिच नगर अध्यक्ष अर्जुन गिरीको कार्यलाई उच्च मूल्याङ्कन गर्दै अक्षयकोष दाताहरुको तर्फबाट सम्मान गरिएको थियो ।