![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240513_115454868.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाण्डौ – उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्षसमेत रहेका यादवले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनुभएको हो ।
वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले राजीनामा दिएको यादवले बताउनुभयो । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री दीपक कार्कीले पनि आजै पदबाट राजीनामा दिनुभएको छ । जसपा राजनीतिक समिति सदस्यसमेत रहेका उहाँले आजै राजीनामा बुझाउनुभएको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएलगत्तै जसपा नेपाल सङ्घीय सरकारबाट फिर्ता भएको हो । जसपा नेपालले नेतृत्व गरेको मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले हिजो समर्थन फिर्ता लिएका हुन् । मधेशमा अब एमाले, माओवादी केन्द्र, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर सरकार बनाउने सहमति भएको छ ।
पार्टी विभाजनपछि सत्ता समीकरणमै रहने बताएका यादव जसपा नेतृत्वको मधेश सरकार अल्पमतमा परेसँगै सङ्घीय सरकारबाट बाहिरिनुपर्ने बाध्यात्मक अवस्था आएको हो । केही दिनअघि यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जसपा गठन भएको छ ।