Aamsanchar

बैंकहरुको ब्याजदर सामान्य घट्यो

Author Image
सोमवार, वैशाख ३१, २०८१

काठमाण्डौ – वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर सामान्य घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार वैशाख महिनाको तुलनामा सामान्य घटेको हो ।

वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा औषतमा ७ दशमलव १४ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले जेठ महिनामा औषतमा ७ दशमलव ०६ प्रतिशत विन्दुका दरले ब्याज दिने भएका छन् ।

यस्तै संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि औषतमा शून्य दशमलव ०७ प्रतिशत विन्दुले घटेको छ । १९ वाणिज्य बैंकहरुमध्ये ९ बैंकहरुले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राख्ने भएका हुन् ।

एनएमबी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबीआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले भने बढाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर