Aamsanchar

सुन मुल्य प्रतितोला ३०० रुपैयाँले घट्याे

Author Image
सोमवार, वैशाख ३१, २०८१

काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँमा घटेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला १० रुपैयाँ घटेर कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा करोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर