Aamsanchar

भृकुटी बोर्डिङ स्कुलमा प्ले ग्रुपमा पढ्ने तीन वर्षीय बालकको मृ*त्यु

Author Image
सोमवार, वैशाख ३१, २०८१

चितवन –चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको भृकुटी बोर्डिङ स्कुलमा प्ले ग्रुपमा पढ्ने तीन वर्षीय बालकको मृत्यु भएको छ ।

विद्यालयमा पढ्न गएका भरतपुर–११ का दिलिप गुप्ताका छोरा युवराज गुप्ताको  मृत्यु भएको हो ।
विद्यालयमा खेलिरहेका बालक अचानक बेहोस भएको र बेहोस भएपछि पानी खुवाएको विद्यालयले जनाएको छ । बेहोस भएका बालकलाई विद्यालयले उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याएको थियो ।आकस्मिक कक्षमा उपचारको क्रममा  बालकको मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Views: 74

प्रतिक्रिया (०)