Aamsanchar

सुनको मूल्य

Author Image
मङ्गलवार, जेठ १, २०८१

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँ घटेर कारोबार भएको हो ।

यसदिन छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।आज तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने प्र्रतितोला २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर