Aamsanchar

ढुङ्गा प्रहार गरी सेवा निवृत्त शिक्षककाे ह*त्या

Author Image
बिहिवार, जेठ ३, २०८१


कञ्चनपुर – कञ्चनपुरमा ढुङ्गा प्रहार गरी एक जनाको हत्या भएको छ।

जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा हिजो सेवा निवृत्त शिक्षक ६५ वर्षीय लच्छी चन्दको ढुङ्गा प्रहार गरी हत्या भएको हो।

हत्याको आरोपमा प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका ४ बस्ने ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरेको छ। भण्डारीले विवाद गरि चन्दलाई मुख, टाउकोमा ढुङ्गाले हानेर हत्या गरेका हुन्। उनले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

बेलौरी बजारदेखि घर फर्कने क्रममा बुधबार बेलुका ८ बजेतिर घर नजिकै भण्डारीले चन्दमाथि ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले जानकारी दिए। घटना लगत्तै घाइते भएका चन्दलाई श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याई थप उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।

शिक्षक चन्दले बेलौरीको महाकाली माविमा लामो समय शिक्षण गरेका थिए। घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर