Aamsanchar

सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

Author Image
बिहिवार, जेठ ३, २०८१

काठमाडौं -स्थानीय बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि वैशाख ७ गते छापावाल सुन एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।

बिहीबार भने हालसम्मकै उच्च मूल्यमा छापावाल सुन कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १६ सय रुपैयाँ बढेको हो ।बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर