काठमाण्डौ – सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री सोडारीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गर्नुभएको हो ।
सोडारीको पक्षमा २८ मत परेको छ । नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीको रेशम पक्ष र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसदले बैठक बहिष्कार गरेकाले विपक्षमा मत परेनन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जना सांसदको समर्थन चाहिन्थ्यो । आजको मतदानमा २८ जना सांसद उपस्थित थिए ।
नेकपा ९एकीकृत समाजवादी० पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 86