Aamsanchar

ओली र कांग्रेस सांसदबीच भनाभन, मुठभेडको स्थिति आउने देखिएपछि संसद बैठक स्थगित

Author Image
बिहिवार, जेठ ३, २०८१

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले भोलि ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन्।

संसद बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले नाराबाजीसहित संसद अवरुद्ध पारेका थिए। उनीहरूले सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर भन्दै नाराबाजी गरेका थिए। सभामुखले बैठक अगाडि बढाएपछि कांग्रेसले संसदीय मर्यादा कायम गर, जबर्जस्ती गर्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए।

सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेसका सांसदहरू आक्रामक बनेका थिए। कांग्रेस सांसदहरू आक्रामक बनेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उठेर सम्झाउने प्रयास गरेका थिए। त्यसबीच ओली र कांग्रेस सांसदबीच भनाभन भएको थियो। मुठभेडको स्थिति आउने देखिएपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर