Aamsanchar

वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह

Author Image
शनिवार, जेठ ५, २०८१

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औं साधारणसभालाई सम्बोधन गर्दै उनले नेपालमा वैदेशिक रोजगारीका थुप्रै समस्या रहेको बताए ।

विदेशमा रोजगार गर्न जाने र त्यहाँ श्रमीकले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै उनले श्रमिकमाथि भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे । उनले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमीकको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने बताए । नेपालमा वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो । एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन् । तर त्यहाँ ठगिएका कुराहरू, दुःख पाएको मैले थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ,” उनले भने, “रेमिट्यान्सको पैसा आउँछ, त्यसले नेपाललाई रेमिट्यान्स मात्रै होइन अरु पनि धेरै फाइदा हुन्छ । त्यसैले रोजगारीमा गएका साथीहरू ठगिनु भएन । दुःख पाउनु भएन । कति जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन् ।”

सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनलाई दुःख पाएका नेपालीको समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर