

काठमाडौं – चेल्सीले लगातार पाँचौं पटक ‘वुमेन्स सुपर लिग’को उपाधि जितेको छ।

गएराति सम्पन्न खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ६–० ले पराजित गर्दै सुपर लिग जितेको हो। स्ट्राइकर मायरा रामिरेजको उत्कृष्ट प्रदर्शनमा क्लबले प्रशिक्षक एम्मा हेजलाई उपाधिसहित सुखद बिदाइसमेत गरेको छ। चेल्सीको जितमा रामिरेजले २ गोल गरिन्।

चेल्सीले ५५ अंकसहित सिजन समाप्त गर्यो। दोस्रो स्थानको म्यानचेस्टर सिटीको पनि समान ५५ अंक थियो। तर गोल अन्तरमा सात गोलले अघि रहेपछि चेल्सी च्याम्पियन बन्यो।

Views: 93

