Aamsanchar

सुनको भाउ अहिले सम्मकै महंगो

Author Image
आइतवार, जेठ ६, २०८१

काठमाडौं – सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। गत बिहीबार १ लाख ४० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउले उक्त रेकर्ड आज तोडेको हो।

आज छापावाल सुन १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको भाउ १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा सुनको भाउ १६ सय रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन १ लाख ४० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, प्रतितोला चाँदीको मूल्य १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर