Aamsanchar

सुनचाँदीको भाउ बढेकाे बढ्यै

Author Image
सोमवार, जेठ ७, २०८१

काटमाठौं – आज पनि सुनचाँदीको भाउ ह्वात्तै बढेर नयाँ रेकर्ड राखेको छ।

आइतबार प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ९ सय रुपैयाँले नै बढेको छ। आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

चाँदीको भाउ ३० रुपैयाँ प्रतितोलाका दरले बढेको छ। यस दिन चाँदी तोलामा १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २१ हजार ५७० सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २० हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६ सय ६३ रुपैयाँ तोकेको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर