Aamsanchar

प्रधानमन्त्री दाहालको विश्वास मत लिने प्रक्रिया सुरु, कांग्रेसको नाराबाजीबीच कायमै

Author Image
सोमवार, जेठ ७, २०८१

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्। प्रतिनिधिसभाको बैठकमा कांग्रेसको नाराबाजीबीच सभामुखले रोष्टममा ल्याउन मर्यादापालकलाई निर्देशन दिएपछि प्रचण्ड रोष्टममा पुगेका हुन्।

उनले अहिले संसदमा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन्। प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन्। जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर