Aamsanchar

सुनचाँदीको मूल्य घट्यो

Author Image
मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले घटेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।आज तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२