Aamsanchar

सांसद डा.आरजु राणाले भनिन् : टिकापुरको जग्गा आफूले ५० हजार रुपियाँमा किनेको हुँ

Author Image
मङ्गलवार, जेठ ८, २०८१

काठमाडौँ-नेपाली कांग्रेसका सांसद डा.आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपियाँमा किनेको बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपियाँमा किनेको बताउनुभएको हो ।

उहाँले आफूले ०५३ सालमा जग्गा किनेको भए पनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताउनुभयो । उहाँले पत्रकारहरूलाई टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गर्नुभयो ।

सांसद राणाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताउनुभयो । उहाँले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको जिकिर गर्नुभयो ।

‘‘टिकापुरको जमिन तपाईँहरू आफै गएर हेर्न जानुस् । ५० हजार रुपियाँमा किनेको हो । त्यो सबै रिपोर्ट पनि गरिसकेको छ । मैले किनेको ०५३ सालमा हो । यो घोटाला भएको चाहिँ २०६८ सालपछि हो । त्यो कुराहरू पनि तपाईँहरू गएर हेर्नुहोस् । तपाईँहरू सबै खोज पत्रकारिता गरिरहनुभएको छ । तपाईँहरूलाई गएर हेरिदिनुस् भन्छु ।,’’ सांसद राणाले भन्नुभयो, ‘‘कागजात खोलेर हेर्नुहोला तपाईँहरू कृपया । गृहमन्त्रीको अभिव्यक्तिलाई मैले कसरी हेर्नु ? जनताले कसरी हेरेका छन् त्यो सोध्नुहोस् न । समिति नै नबन्नु चाहिँ कहाँको कुरा हो ? यो प्रजातन्त्र हो नि । यो हुकुमी शासन हो र ? नेपाली कांग्रेसले जनताको बचाउ जहिल्यै पनि गरेर आएको छ । अहिले पनि हामी गर्ने नै छौँ । सहकारी पीडितहरु रोइरहेका छन् । न्यायोचित छानबिन होस् । यो गर्ने सदनको काम होइन रु यो पनि नगरे के गर्ने त सदनमा ?’’

उहाँले नेपाली कांग्रेसले जहिल्यैपनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर