Aamsanchar

कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्‍न अनुमति

Author Image
बुधवार, जेठ ९, २०८१

काठमाडौं – धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्‍ने अनुमति दिएको छ। मंगलबार काठमाडौंबाट पक्राउ गरी बुधबार अदालत पेस गरिएको थियो।

न्यायाधीश चुरामन खड्काको इजलासले ३ दिन हिरासतमा राखेर नागरिकता कसुरमा अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी डम्मरप्रसाद घिमिरेले जानकारी दिए।

सिरोहियालाई नागरिकता किर्तेको अभियोगमा मंगलबार काठमाडौंबाट पक्राउ गरिएको थियो।

Views: 63

प्रतिक्रिया (०)