Aamsanchar

सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट पक्राउ गरिएकाे हाेइन, बढ्ता होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री

Author Image
बुधवार, जेठ ९, २०८१

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभई अदालती प्रक्रियाबाटै पक्राउ गरेको बताएका छन्।

बुधवार ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्ताराष्ट्रिय विज्ञ संवादलाई सम्बोधनपछि सञ्चारकर्मीहरूसँगको प्रश्नमा उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले अदालतले उक्त प्रक्रिया अघि बढाउन आदेश दिएपछि नै अदालती प्रक्रियाबाट पक्राउ गरिएको स्पष्ट पारे। उनले यो विषयमा बढ्ता होहल्ला गर्न जरुरी नरहेको पनि बताए।

उनले कैलास सिरोहियासँग सरकारको कुनै शत्रुता नरहेको भन्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री व्यक्तिगत रूपमा लाग्नुभयो भन्ने हल्ला मात्रै रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अदालतले यो प्रक्रिया अघि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझेको छु मैले। यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन। सरकारले रिसइबी साँध्यो भन्नु गलत हो। उहाँसँग केको रिसइबी। गृहमन्त्री व्यक्तिगत रूपमा आउनुभयो भन्नु मान्छेले भन्ने कुरा मात्रै हो।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर