Aamsanchar

बिर्तामोड उद्योग वाणिज्य संघमा एक करोड रुपैयाँको राहत कोष घोषणा, १० वटा उपसमिति गठन

Author Image
शुक्रवार, जेठ ११, २०८१

झापा। बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ ।
संघमा आवद्ध सदस्य तथा फर्ममा हुने दैविक विपत्तिका कारण व्यवसायीलाई पुग्ने क्षतिलाई मध्यनजर गर्दै विपतमा परेका व्यवसायीलाई राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको हो । राहत कोषमा रकम जम्मा गर्न शुरु गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको विहीवार बसेको बैठकले कोष स्थापनाको निर्णय गर्दै रकम संकलन कार्य शुरु गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले विपतमा व्यवसायीलाई राहत उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको महासचिव कुशल खतिवडाले जानकारी दिए ।

त्यस्तै बैठकले विभिन्न उप समितिहरु गठन गरेको छ । संघका पूर्व अध्यक्ष प्रकाश शिवाकोटी संयोजक रहेको राजनीतिक दल सहजीकरण समिति गठन भएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजु संयोजक र शत्रुघनप्रसाद गुप्ता सदस्य रहेको महसंघ तथा विशिष्ठ व्यक्तिसँगको सहकार्य समन्वय समिति गठन गरेको छ । यसैगरी विशाल थापाको संयोजकत्व र डिल्लीराम कोइराला सदस्य रहेको जिल्ला प्रशासन, प्रहरी तथा सुरक्षा समन्वय समिति गठन गरिएको छ ।

जीवनकुमार खड्काको संयोजकत्व र अनन्तलाल महतो सदस्य रहने गरी व्यवसायिक समस्या समाधान समिति गठन भएको छ ।
गोमा भट्टराईको संयोजकत्व र सुशीलाकुमारी कार्की सदस्य रहेको संघ संस्था समन्वय समिति गठन भएको छ ।

पुकार बरालको संयोजकत्व र रमेश घिमिरे सदस्य रहने गरी कृषि बजार व्यवस्थापन समन्वय समिति गठन भएको महासचिव कुशल खतिवडाले जानकारी दिए ।
त्यस्तै राजकुमार साहको संयोजकत्व र कृष्णप्रसाद बजगाई सदस्य रहेको भन्सार सम्बन्धी समन्वय समिति, युवराज निरौला संयोजक र केदार खनाल सदस्य रहेको आन्तरिक राजश्व तथा कर सम्बन्धी समन्वय समिति गठन भएको बताइएको छ ।

तिलोत्तमा खत्री संयोजक र सुष्मा उप्रेती सुबेदी सदस्य रहेको महिला उद्यमी समन्वय समिति गठन गरिएको छ भने संघ एवम् अतिथिसदन मर्मत व्यवस्थापन समितिको संयोजकमा दिनेश श्रेष्ठलाई चयन गरिएको संघका महासचिव तथा प्रवत्ता खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर