Aamsanchar

सुनको मूल्यमा तीव्र गिरावट

Author Image
शुक्रवार, जेठ ११, २०८१

काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १८ सय रुपैयाँले घट्दै १ लाख ३६ हजार ९ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १८ सय रुपैयाँले नै घट्दै १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर