Aamsanchar

सन्दीप लामिछानेका सबै फ्यानहरू मलाई अनफ्रेन्ड गर्नुहोस् : गायिका अभया सुब्बा

Author Image
शुक्रवार, जेठ ११, २०८१

काठमाडौं – गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानसँग आफूलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् । आफ्नो फेसबुकमा रहेका सन्दीपका फ्यानलाई अभयाले आफूलाई अनफ्रेन्ड गर्न भनेकी हुन् ।

“सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरू कृपया मलाई अनफ्रेन्ड गर्नुहोस् । म मेरो नजिक कहीँ पनि यी घृणित अनुयायीहरूभन्दा केही राम्रा मित्रहरू राख्न चाहन्छु,” अभयाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

केही दिन अगाडि सन्दीपले बलात्कार मुद्दामा पुनरावेदन अदालतबाट सफाइ पाएका थिए । अहिले उनी टी–ट्वान्टी विश्वकप खेल्न जाने प्रयासमा छन् । तर अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । उनलाई अमेरिका पठाउन युवा तथा खेलकुद मन्त्रालयले पहल सुरु गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर