Aamsanchar

युएईमा गौतम बुद्ध जन्म जयन्ती मनाइदै

Author Image
आइतवार, जेठ १३, २०८१

युएई ।  युएईमा महामानव भगवान गौतम बुद्धको २५६८ औं जन्म जयन्ती वृहत कार्यक्रम गरि मनाउन सुरु भएको छ ।
आदिवासी जनजाति महासंघ युएईको अगुवाइमा महासङ्घमा आबद्ध ११ वटै जातीय संघ संस्थाहरूको सहभागितामा आज बुद्ध जन्म जयन्ती मनाउन लागिएको  महासङ्घका अध्यक्ष बिक्रम लिम्बुले जानकारी दिए  ।

एभरेष्ट क्लब बर दुबईको हलमा सम्पन्न हुने उक्त कार्यक्रममा बौद्ध धर्मगुरु टल्कु घवार्क सोनाम  रिम्पोछे गुरु लामाद्वारा विशेष पूजापाठ एवं  प्रवचन समेत रहने आयोजकले जनाएको छ ।

नेपालका राष्ट्रिय विभूति एवं शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको जन्मजयन्तिको अवसरमा आयोजना हुने कार्यक्रमले भाइचाराको सम्बन्ध विकास गर्नेमा विश्वास लिदै युएईमा छरिएर रहेका सम्पूर्ण नेपालीहरू लाई कार्यक्रममा सहभागी भै कार्यक्रम सफल बनाउन अध्यक्ष लिम्बुले आव्हान गरे ।

कार्यक्रमको मुख्य प्रायोजन एभरेष्ट १०० रेष्टुरेन्ट रहेको छ भने, विशेष सहयोगी को भूमिकामा आदिवासी जनजाति युवा महासंघ युएईले ( वाइफिन, युएई ) रहेको छ । यसैगरी कार्यक्रमको प्रमुख मिडिया पार्टनर को भूमिकामा आदिवासी जनजाति पत्रकार महासंघ, युएई फोनिज युएई रहेको छ ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन  स्थानीय कलाकारहरू द्वारा विशेष सांगीतिक कार्यक्रम को प्रस्तुति समेत रहेको आयोजकले जानकारी दिएको छ  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर