Aamsanchar

काँग्रेसकाे अवराेधका बिच नीति तथा कार्यक्रम बहुमतले पारित

Author Image
आइतवार, जेठ १३, २०८१

काठमाडौं- आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएपछि छलफलपछि बहुमतले नीति कार्यक्रम पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले निर्णयार्थ सो प्रस्ताव पेश गर्नुभएको थियो । सत्तापक्ष दलका सांसदहरुको बहुमत संसदमा भएकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

बैठकमा सत्ता पक्षका दलका नेताहरु तथा जनमोर्चा र नेमकिपाका सांसदले छलफलमा भाग लिनुभएको थियो । बैठकमा उठेको जिज्ञासामाथि प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुहुँदै बैठकमा उठेको विषयलाई सम्बोधनको प्रयास सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर