Aamsanchar

काठमाडौंमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

Author Image
आइतवार, जेठ १३, २०८१

काठमाडौं – नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो ।
प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्‍याली निकालेका थिए । कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ ।त्यस्तै गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ ।प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका नेताहरु सहभागी भएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर