Aamsanchar

आज सुनको मूल्य

Author Image
सोमवार, जेठ १४, २०८१

काठमाडौँ —आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर कारोबारमा आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजो आइतबारको तुलनामा मूल्य ३०० रुपैयाँले बढेर कारोबार सुरु भएको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ कायम छ । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १८ सय ८० रुपैयाँ पुगेको छ । हिजो आइतबार १८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँ बढेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर