Aamsanchar

फुकुवा भयाे शिक्षकको सरुवा

Author Image
सोमवार, जेठ १४, २०८१

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जिल्ला अन्तर शिक्षकको सरुवा फुकुवा गरेको छ ।

मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ गर्नेरगराउने गरी फुकुवा गरेको जनाएको हो ।

मन्त्रालयले सोमबार सूचना जारी गर्दै ५ चैत २०८० मा मन्त्रिस्तरीय निर्णयबाट रोक्का भएको जिल्ला अन्तर सरूवा फुकुवा गर्ने निर्णय भएको जनाएको छ ।

मन्त्रालयले सबै स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशिका बमोजिम शिक्षक सरुवा गर्नसमेत अनुरोध गरेको छ ।

शिक्षक सरुवामा आर्थिक चलखेल भएको भन्दै त्यसलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गर्ने भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवा रोक्का गर्ने निणर्य गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर