Aamsanchar

टुङ्गो लाग्याे संसदीय छानबिन समितिको कार्यादेश

Author Image
मङ्गलवार, जेठ १५, २०८१

काठमाण्डौ – सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लागेको छ । केही बेरअघि सम्पन्न कार्यदलको बैठकले संसदीय समितिको चार बुँदे टीओआर टुङ्गो लगाएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिनुभयो ।

कार्यादेशमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानबिन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने गरी चार बुँदे सहमति भएको छ ।

संसदीय समितिले २० वटा समस्याग्रस्त र गैरकानुनी तरिकाले लगानी गर्ने नौ वटा सहकारी संस्थाको छानबिन गर्नेछ । संसदीय समितिले सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवम् वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने सहमति भएको छ । सहमतिसँगै अनुसूचीमा समस्याग्रस्त र सावजनिक रूपमा प्रश्न उठेका सहकारीको नाम पनि राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर