Aamsanchar

सुन आज तोलाको एक लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार

Author Image
बुधवार, जेठ १६, २०८१

काठमाण्डौ – सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ ६ सय रुपैयाँले बढेर आज तोलाको एक लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार ६ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर तोलाको एक हजार ९ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२