Aamsanchar

सुनको मूल्य ह्वात्तै बढ्यो

Author Image
बिहिवार, जेठ १७, २०८१

काठमाडौं –स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले वृद्धि भएको छ ।

बुधबार प्रतितोला एक लाख ३८ हजार २०० मा कारोबार भएको छापावाल सुन आज एक लाख ४० हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

तेजाबी सुनको भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३७ हजार ५५० मा कारोबार भएको थियो । आज यो सुन प्रतितोला एक लाख ३९ हजार ८०० मा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा दुई हजार २५० ले वृद्धि भएको छ ।

चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार ९३० मा कारोबार भएको चाँदी आज एक हजार ९०० मा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर