Aamsanchar

धरानको खानेपानी समस्या चाँडै समाधान हुन्छ : खानेपानीमन्त्री राई

Author Image
शुक्रवार, जेठ १८, २०८१

धरान- खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको चरम अभाव खेपिरहेको धरानको खानेपानी समस्या चाँडै समाधान हुने बताउनुभएको छ ।

शुक्रबार नेकपा (एमाले) धरानले आयोजना गरेको धरान खानेपानीको छलफल कार्यक्रममा मन्त्री राईले सप्तकोसीबाट खानेपानी ल्याउन डिपिआर अन्तिम चरणमा पुगेको बताउनुभयो ।

खानेपानीको आयोजनाका लागि ५ अर्ब ७२ करोड ५६ लाख बजेट समेत सुनिश्चित भइसकेको बताउँदै तत्काल टेन्डर आव्हान गरिने जानकारी दिनुभयो । यसै क्रममा मन्त्री राई धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज साम्पाङ राईको कार्यकक्षमा भेटघाट गर्दै आगामी आर्थिक वर्षमा सप्तकोशीको पानी ल्याउने योजनामा डिपिआर सकेर लागत अनुमान गरी बजेट विनियोजन गरेको बताउनुभयो ।

सप्तकोशी योजनाको डिपिआर बमोजिम बजेट विनियोजन गरिएको मन्त्री राईले बताउनुभयो । बजेटमा धरानको खानेपानी बारे उल्लेख नभए पनि सबै विषयलाई राखेर सम्भव नहुने भएकाले केही विषयलाई मात्र हाइलाइट गरिएको उहाँले बताउनुभयो ।

आफ्नो कार्यकालमा धरानलाई पानी खुवाउने कुरामा प्रतिबद्ध रहेको मन्त्री राईले बताउनुभयो । भेटघाट कार्यक्रममा नगर प्रमुख राईले धरानको खानेपानी समस्या बारेमा ज्ञापनपत्र बुझाउनुभएको थियो ।

धरानका राजनीतिक दलहरूबिच पनि खानेपानी विषयमा छलफल भएको थियो । मन्त्री राईले चतरा कोशीबाट पानी ल्याउन आउने आर्थिक वर्षमा टेन्डर समेत हुनेमा सबैलाई आश्वासन दिनुभयो । छलफलमा धरानको खानेपानी समस्या क्रमशः समाधान गर्दै जाने मन्त्री राईले बताउनुभयो ।

सबैभन्दा बढी नेपालको पहाडी जिल्लामा खानेपानीको चरम अभाव देखिएकाले खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने मन्त्री राईले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर