Aamsanchar

पाँचथरमा लागूऔषध कारोबारी बिगबिगी, दुईजना पक्राउ

Author Image
शुक्रवार, जेठ १८, २०८१

फिदिम ।   पाँचथरको फिदिम नगरपालिका –४ गढी बस्ने २३ वर्षीय सरोज पालुङ लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित बिहीबार दिउँसो उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-१ बरडाँडा बस्ने २३ वर्षीय चुक्से भन्ने दिल बहादुर राईबाट खरिद गरी ल्याएको भनी खुल्न आएपछि राईको घर तलासी गर्दा थप ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी राईलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । पछिल्लो समय सुदूरपूर्वी पहाडी जिल्लाहरूमा लागूपदार्थ कारोबार मौलाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)