Aamsanchar

क्यानाडाको सरकारी कामकाजमा नेपाली भाषाको प्रयोगको लागि पहल

Author Image
शनिवार, जेठ १९, २०८१

नेपाली जनसम्पर्क समिति क्यानाडाले ओन्टारीयो प्रोभियन्सका (प्रिमियर )  मुख्य मन्त्री डर्ग फोर्ड सँग विशेष भेटघाट गरेको छ ।

नेपाली जनसम्पर्क समिति क्यानाडा समितिका सभापति बुद्धि प्रकाश वली ,महामन्त्री बसन्त कार्की, संस्थाका केन्द्रिय सदस्य तथा सांस्कृतिक संघका संयोजक रिता बुर्लाकोटी, केन्द्रिय सदस्य कलाधर बिक समेतको प्रतिनिधि मण्डलले ओन्टारियो का  यातायात मन्त्री  प्रबमित सरकारिया , दीपक आनन्दको  अगुवाइमा  विशेष भेट गरी बिभिन्न मागको लागि ध्यानाकर्षण गरिएको थियो।

क्यानाडाको सरकारी कामकाजमा नेपाली भाषाको प्रयोगका लागी समितिले धेरै समय अगाडि देखी पहल गर्दै आई रहेको थियो भने हालै एन आर एन ए क्यानाडाले समेत   नेपाली भाषाबाट ड्राइभर लाइसेन्स  लिनको लागि नेपाली भाषा बाट परीक्षा दिन पाउनको लागि  यातायात मन्त्री सँग धेटेर पहल  गरिएको थियो।

हाल क्यानडाको सबै प्रभयिन्समा खास गरी नेपाली विद्यार्थी र नेपाली समुदायको जनघनत्व बढ्र्दै गहिरहेको ले ओन्टारीयो लगायत सबै प्रभीयन्समा लागू हुने गरी सवारी चालक अनुमती पत्र तथा सरकारी कामकाज का परिक्षमा नेपाली भाषाको प्रयोग गर्न प्रदेश सरकार का यातायात मन्त्री  प्रबमित सरकारीया ,दिपक आनन्द र ९प्रियमर०  मुख्य मन्त्री फोर्ड लाई कार्यक्रममा ध्यानाकर्षण गराइएको थियो।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति क्यानाडाका  केन्द्रिय सदस्य कलाधर बि के  ले  क्यानाडा बासिहरूको लागि चाहिने रक्त दान सेवा ११ औ पटक गरिरहनू भयकोमा ओनटारीयो प्रदेशका यातायात  मन्त्री ले कदर पत्र बाट सम्मान गरिएको थियो।

भेटमा  संघीय सरकार मार्फत सो कार्य अगाडि बढिसकेको र छिट्टै कार्यन्वयन हुने प्रतिवद्धता जनाए ।

कोभिड महामारी मा प्रिमियर फोर्ड सँगको सहकार्यमा समितिका महामन्त्री बसन्त कार्कीको सक्रियतामा क्यानडा सरकार मार्फत नेपालमा १६ हजार पि।पि।ई। २७ थान भेन्टिलेटर र सो को अन्य आवश्यक सामाग्री सहयोग गर्न सफल पार्नु भएकोमा प्रिमियर फोर्ड लाई समितिका सभापति बुद्धि प्रकाश वलीले धन्यवाद ज्ञापन गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर