Aamsanchar

कार भित्र बोरामा लुकाएर राखेको एक करोड एक लाख रुपैयाँ सहित एक जना प*क्राउ

Author Image
आइतवार, जेठ २०, २०८१

सुनसरी – सुनसरीबाट प्रहरीले स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ।

शनिबार साँझ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगर तर्फजाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारमा बोरामा लुकाई छिपाइ राखेको सो रकम बरामद भएको हो ।

साथै प्रहरीले कार चालक सुनसरीको हरिनगर गाउँपालिका ५ का ३७ वर्षिय ईसा अन्सारीलाई पक्राउ गरेको छ।

उनलाई राजस्व अनुसन्धानको कार्यलय इटहरीमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ।

प्रारम्भीक सोधपुछमा अन्सारीले रकमको स्रोत खुलाउन नसकेको र सो रकम हुण्डीको हुनसक्ने प्रहरीले जनाएको छ।

बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर