Aamsanchar

गगनकाे चेतावनी : गृहमन्त्रीको हिसाबकिताब प्रधानमन्त्रीसँग लिन्छौँ

Author Image
आइतवार, जेठ २०, २०८१

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको हिसाबकिताब लिने चेतावनी दिएको छ। आइतबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले कि गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने नभए गृहमन्त्रीबाट होइन, प्रधानमन्त्रीसँग हिसाबकिताब लिने चेतावनी दिएका हुन्।

विषयवस्तुबाट बरालिएर गृहमन्त्रीले कांग्रेसमाथि निराधार आरोप लगाएको महामन्त्री थापाले बताए। ‘गृहमन्त्रीले सूचना बेच्ने मान्छे छ भन्नुभयो, त्यो छ भने त्यो देशद्रोही हो। मुद्दा लाउनुपर्छ, थुन्नुपर्छ। तर त्यो भाषण तयार पार्दै गर्दा सिकाउने मान्छे भएनछ। अब गृहमन्त्री बरालिएर बोल्नुभयो’, उनले भने, ‘गृहमन्त्री बरालिए पनि हामी बरालिनु हुँदैन। हिसाबकिताब त लिनैपर्‍यो। त्यो पनि अब गृहमन्त्रीसँग होइन प्रधानमन्त्रीसँगै लिनुपर्ला। सदनको गरिमासँग जोडिएका विषयहरू छन्। बाहिर बोल्न पाइयो होला। तर सदन त्यसरी चटक देखाउने ठाउँ होइन।’

निराधार आरोपसहितको गृहमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाइए कांग्रेसले हिसाबकिताब राख्ने चेतावनी महामन्त्री थापाले दिएका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)