Aamsanchar

रोजगारीका लागि विदेश पुगेका आशाराजले श्रीमती सँगै सम्पूर्ण सम्पत्ति गुमाउनु परेपछि न्याय खौज्दै झापामा

Author Image
आइतवार, जेठ २०, २०८१

प्रतिकात्मक तस्वीर ।

कनकाई । नेपालको पूर्वी उत्तरी जिल्ला ताप्लेजुङबाट न्याय माग्दै एक परिवार झापा आइपुगेको छ । ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा न ५  पेदाङ्गका एक परिवार पीडित भएको भन्दै न्याय माग्दै झापा आइपुगेको हो । ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा न ५  पेदाङ्गका ५४ वर्षीय आशाराज लिम्बु आफ्नी श्रीमती ४४ वर्षिया  ईन्द्रकला मावो ( लिम्बू ) ले गत बुधबार आफ्नो सारा धन सम्पत्ति लिएर सम्पर्क बिहिन भएको भन्दै पीडित श्रीमान आशाराज लिम्बुसहित छोरा मेसेहाङ्ग लिम्बू, बहिनी कविता लिम्बू न्याय खोज्दै झापा आइपुगेका हुन् ।

पाँचथरको थर्पु घर भएकी ४४ वर्षीया  ईन्द्रकला मावोसँग २०५९ सालमा मागी विवाह भएको थियो । त्यसपछि परिवारको सुख सुविधाका लागि  आशाराज लिम्बू  वैदेशिक रोजगारीका लागि खाडीमुलुक गएका थिए  । त्यसपछि आषराजले परिवारलाई सुख दिन भन्दै सुनसरीको धरानमा परिवारलाई व्यवस्थापन गरेका थिए ।  एक मात्रै १७  वर्षीय छोरा मेसेहाङ्ग लिम्बूको पढाईका लागि भन्दै राजधानी काठमाडौँमा बस्ने व्यवस्थापन मिलाई दिएका थिए आशाराजले ।

वैदेशिक रोजगारीमा कमाई राम्रै हुन थालेपछि  आषाराज लिम्बुले  श्रीमती  ईन्द्रकला मावोका लागि ब्युटीपार्लर सिकाउनुका  साथै ब्युटीपार्लर खोलिदिएका थिए ।

पीडित श्रीमान आशाराज लिम्बुका अनुसार अहिले घरमा गाडी पनि खरिद गरेको स्कुटर पनि थियो । परिवार राम्रोसँग चल्दै थियो । तर परिवारमा केहीसमय अघिबाट केही खटपटी चल्यो । अलग अलग बस्ने  भनेर श्रीमतीले नै निवेदन दिएपछि जिल्ला अदालतले सम्बन्ध बिच्छेद गरिदियो । फेरि आशाराजले  त्यसको दुईहप्ता बित्न नपाउँदै श्रीमतीले नै हामीसँगै बस्ने भनेर सम्बन्ध बिच्छेदको मुद्दा  फिर्ता लिएका थिए ।

अहिले फेरि गत बुधबार १७  वर्षिय छोरा मेसेहाङ्ग लिम्बू र बुवा ५४ वर्षिय आशाराज लिम्बुलाई छोराको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा पठाई घरमा केही समय अगाडि जग्गा बेचेको ३२ लाख नगद,  करिब १५ तोला सुन र ८० तोला माथि चाँदी लिएर झापाको शिवसतासी नगरको वडा न ८ स्थित डुडामारीमा शेर्मा थरिको घरमा बिबाह गरि आएको भन्दै पीडित श्रीमान  आशाराज लिम्बुले बताए । आफ्नो सिरिसम्पती अपचालन गरेको र आफू पीडित बनेको भन्दै न्याय दिलाइ दिन इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन दिएको बहिनी कविता लिम्बूले जानकारी दिइन ।

यता, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख अनिस बुढाथोकीले काठमाडौँबाट  ईन्द्रकला मावो (लिम्बू) हराएको र  सारा सम्पत्ति लिएर झिलझिले आसपासमा दोस्रो विवाह गरि आएकोले खोजी गरि  आफ्नो सम्पति फिर्ता गराइदिन भनेर आषराजले निवेदन हालेको बताए । झिलझिले प्रहरीले निवेदन आउनासाथ पीडित परिवारलाई लिएर संङ्का गरेको घरमा जादा चाबी लगाएको फेला परेकाले खोजी गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)