Aamsanchar

झापाका दुई जना कोटेश्वरस्थित रमाइलो लज एण्ड भोजनालयबाट पक्रा*उ

Author Image
आइतवार, जेठ २०, २०८१

झापा – अवैध लागु औषध खैरो हेरोइनसहित कोटेश्वरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका–१ घर भएकी ३६ वर्षीया सपना भुजेल र सोही ठाउँका ४१ वर्षीय कुमार भुजेल छन् ।

लागु औषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।त्यसैगरी उनीहरुबाट लागु औषध तौल गर्न प्रयोग हुने २ थान डिजिटल तराजु र ५५ हजार रुपैयाँ समेत बरामद भएको छ । कोटेश्वरको रमाइलो लज एण्ड भोजनालयको दोस्रो तलाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)