Aamsanchar

साहित्यकार राधा सुवेदीको स्वरमा ‘अब तिमी उसैको भयौ’ गीत सार्वजनिक

Author Image
सोमवार, जेठ २१, २०८१

इटहरी । चर्चित साहित्यकार राधा सुवेदीले स्वर दिएको ‘अब तिमी उसैको भयौ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साँचो प्रेममा धोका खाएपछि पाएको पीडालाई गीत मार्फत दर्साउँदै निकालिएको म्युजिक भिडियोलाई पूर्वेली इन्टरटेनमेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । इटहरीको पर्यटकीय स्थल तालतलैया , इप्पीलेन्ड लगायतका स्थानहरूमा गरिएको छायाङ्कनमा भोजपुरी तथा थार समुदायको सर्ट मुभीबाट डेब्यु गरेकी मोडल बेन्जु धामी , नाटककार प्रज्ज्वल काफ्ले र सञ्चिता धमलाले अभिनय गरेका छन् ।

सुरेश चन्द्र दाहाल तथा वसन्त बस्नेतको निर्देशन, सुरेश चन्द्र दाहालको सम्पादन रहेको उक्त भिडियोमा भने प्रोडक्सन डिजाइन राजन क्षेत्रीले गरेका छन् । भिडियो दि म्युजिक एरियामा रेकर्डिङ गरिएको गीतलाई राधा सुवेदी र गजलकार तथा साहित्यकार भरत गुरागाईँको कन्सेप्टमा म्युजिक भिडियो मार्फत दर्शक माझ सार्वजनिक गरिएको हो ।

साँचो मायामा धोका पाएपछि उत्पन्न पीडालाई गीत मार्फत देखाउन खोजिएको छ । उक्त गीतले हाल राम्रै बजार पाएको छ भने टकटक लगायतका सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । गीत सँगै बनेको म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाइरहेका गीतकी सर्जक राधा सुवेदी बताउँछिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर