Aamsanchar

फुटपाथ बनाउने भन्दै बालेनले भत्काएको बाटो डिभिजन सडकले गर्‍यो कालोपत्रे

Author Image
सोमवार, जेठ २१, २०८१

काठमाडौं – फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेको छ । भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो ।

जवाफमा डिभिजन सडकले महानगरले काटेको पीच आफैं टाल्न भन्दै पत्र पठाएको थियो ।

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो । त्यसक्रममा कार्यालयले महानगरको निर्माण सामग्रीसमेत नियन्त्रणमा लिएको थियो ।

सोहि दिन दिउँसो कठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएपछि महानगर र सडक विभागबीच केही दिन नोंकझोंक नै चल्यो । त्यतिबेला उनले चक्रपथको प्रसंग जोडेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई प्रश्न उठाएका थिए ।

पछि १६ जेठमा महानगरलाई पत्र काट्दै सडक डिभिजन कार्यालयले २ दिनभित्र काटेको कालापत्रे फेरि जस्ताको तस्तै गर्न भनेको थियो । ‘उहाँहरुले पत्रको जवाफ दिनुभएन, अर्को ३ दिन कुर्दा पनि काम नभएपछि आज बिहानदेखि पीच गर्न सुरु गरेका हौं,’ डिभिजन सडक काठमाडौंका सूचना अधिकारी प्रमोद खतिवडाले भने ।

 

खतिवडाका अनुसार काटिएको कालोपत्रेको एकातर्फ १६० र अर्कातर्फ ५० मिटर पुनः कालोपत्रे गरिँदैछ । ‘महानगरले १.१५ मिटर काटेको रहेछ दुवैतर्फ । त्यो आजै पिच गरेर सक्काउँछौं । हाम्रो नियमति जनशक्तीबाट नै काम भएको छ । बिहान ८ बजेदेखि हाम्रो टोली खटिएको हो,’ खतिवडाले भने ।

सडक कार्यालयले आफैं पिच गर्न थालेपछि मेयर बालेन शाह फेरि आक्रोसित भएका छन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टीस्टेटसँग जोडेर आक्रोस पोखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)