Aamsanchar

एमाले मकवानपुरको अध्यक्षमा श्रीधर

Author Image
सोमवार, जेठ २१, २०८१

हेटौँडा – नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन्।

उनले ३१३ मत ल्याएर निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी इन्द्रमान स्याङतानले २६२ मत पाए।

अध्यक्षमा निर्वाचित पोखरेल एकीकृत समाजवादीबाट एमालेमा फर्किएका थिए। उनलाई बागमती प्रदेश कमिटीको अध्यक्षमा पराजित भएका कृष्ण दाहालले समर्थन गरेका थिए।

स्याङ्तानलाई निवर्तमान जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, डोरमणि पौडेलका साथै जिल्ला पार्टी इन्चार्ज देवी ज्ञवालीको पनि समर्थन थियो।

स्याङतानलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेतको समर्थन रहेको नेताहरूले बताएका छन्।

उपाध्यक्षमा हिदम लामा निर्वाचित भएका छन्। उनले ४७६ मत ल्याए। लामा भीमफेदी गाउँपालिकाका अध्यक्ष पनि हुन्। उनका निकटतम प्रतिस्पर्धी सुनील मोक्तानले १९७ मत ल्याए।

सचिवमा सीता विष्ट निर्वाचित भइन्। उनले २९७ मत पाउँदा निकटतम प्रतिस्पर्धी मदन दाहालले २५५ मत पाए।

खुला उपसचिव फुर्वा दोर्जे लामा २४१ मत ल्याएर निर्वाचित भए। महिला उपसचिव आरती पाठक २४१ निर्वाचित भएकी छन्।

जिल्ला सदस्यहरुको मतगणना भने साँझमात्रै शुरु गरिने निर्वाचन अधिृकत सुजन तिमल्सिनाले जानकारी दिए। ७६९ जना प्रतिनिधि रहेको निर्वाचनमा ७६५ जनाले मात्रै मतदान गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)